काठमाडाैं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७२ हजार घुस लिएको अभियोगमा बूढानीलकण्ठ नगरपालिकाका सबइन्जिनियर विनोदकुमार पौडेललाई पक्राउ गरेको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार सडक निर्माणको ठेक्का सम्झौताबमोजिम कार्य सम्पन्न भई भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा बुढानिलकण्ठस्थित एक होटलबाट शुक्रबार पक्राउ गरिएको हो।
आरोपी सबइन्जिनियर पौडेलको थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।






