Home / Politics / सप्तरीमा नेकपा र राजपा कार्यकर्ताबीच झडप, दुवै पक्षका १४ घाइते

सप्तरीमा नेकपा र राजपा कार्यकर्ताबीच झडप, दुवै पक्षका १४ घाइते

सप्तरी । सत्तारूढ दल नेकपा र राष्ट्रिय जनता पार्टीका कार्यकर्ताबीच सप्तरीमा झडप भएको छ । 

जिल्लाको छिन्नमस्ता गाउँपालिकामा भएको झडपमा दुवै पक्षका १४ जना घाइते भएका छन् । प्रदेश २ प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहका अनुसार सार्वजनिक जग्गा प्रयोग गर्ने विषयमा दुवै पक्षबीच झडप भएको हो । 

अवस्था नियन्त्रणबाहिर जान थालेपछि सशस्त्र प्रहरीले ४ र नेपाल प्रहरीले पनि ४ राउन्ड हवाई फायर गरेको डीआईजी सिंहले बताए । सो क्रममा ३ राउन्ड अश्रुग्याससमेत प्रहार गरिएको थियो ।

घाइतेलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको प्रहरीले जनाएको छ । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *