Home / World News / एक दिने भ्रमणका लागि चिनियाँ रक्षामन्त्री वेई फङ्गवे २१ सदस्यीय टोली काठमाडौंमा

एक दिने भ्रमणका लागि चिनियाँ रक्षामन्त्री वेई फङ्गवे २१ सदस्यीय टोली काठमाडौंमा

एक दिने भ्रमणका लागि चिनियाँ रक्षामन्त्री वेई फङ्गवे २१ सदस्यीय टोली सहित बिशेस बिमान द्वारा कहिबेर  अघि काठमाडौं आइपुगेका छन्। 

रक्षामन्त्री वेई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट बालुवाटारस्थित चिनियाँ दूतावास पुगेका छन्। त्यहाँबाट उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटन् प्रधानमन्त्री निवास जाने कार्यक्रम रहेको छ।

यसैगरी चिनियाँ रक्षामन्त्री फङ्गवे तथा प्रधानसेनापति पूर्णचन्द्र थापाबीच द्विपक्षीय वार्ता हुनेछ र उनले नेपाल भ्रमणको धेरै समय सैनिक मुख्यालयमा नै बिताउने छन्।

वेई नेतृत्वको टोलीले करीब आठ घन्टा काठमाडौँमा बिताउने र उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ। 

 परराष्ट्र मन्त्रालयले नेता वेईको यो भ्रमणलाई ‘कार्यगत’ भ्रमण भनेर ब्याख्या गरेको  छ। चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आएको झण्डै एक वर्षपछि अर्को उच्चस्तरको भ्रमण हुन लागेको हो। 

यसैसाता मात्र छिमेकी दुई देशबाट उच्चस्तरका भ्रमण भएका हुन्। बिहीबार भारतीय विदेश सचिवलय हर्षवर्द्धन श्रृंगला दुई दिने भ्रमणका लागि नेपाल आएका थिए।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *