काठमाडाैं : नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले गृहमन्त्री बालकृष्ण खाणसँग भेटवार्ता गरेकी छन्।
आइतबार यान्छीले सिंहदरबारस्थित गृहमन्त्रालयमा भएकाे भेटमा राजदूत नेपालको वर्तमान सरकार परिवर्तन हुँदा चीनले सकारात्मक रूपमै लिएकाे बताइन्। उनले नेपाल सरकार र लोकतन्त्रप्रति चिनियाँ सरकार सधैँ सकारात्मक रहेको बताइन्।
कोभिडविरुद्धको लडाइ र नागरिकको जीवन रक्षाका लागि उपलब्ध गराएको खोपको लागि मन्त्री खाणले भेटमा चिनियाँ सरकारले गर्दै आएको मानवीय सहयोगका लागि धन्यवाद दिए।






