Home / Politics / माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्दै

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्दै

काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बिहान ११ बजे बस्ने भएको छ। बैठकमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत हुने छ।

शनिबार भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफलका लागि ८ वटा समूह विभाजन गरिएको थियो। उक्त समूहगत छलफलको निष्कर्ष आजको बैठकमा प्रस्तुत गरिने छ ।

अध्यक्ष प्रचण्डले पुस ११ गतेदेखि गते राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरेका छन्। उनले पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव राखेका हुन्। त्यस्तै विधान संशोधनको प्रस्ताव पनि पेश गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *