Home / Society / थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कमा पनि कोरोना देखियो

थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कमा पनि कोरोना देखियो

काठमाडौं । थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्क भवनमा रहेको रुङ्गटा व्यापारिक घरानाको कार्यालयमा कार्यरत एक महिलामा कोरोना संक्रमण देखिएपछि सो भवन परिसरमा रहेका अन्य कार्यालय कर्मचारीहरुले पिसिआर परीक्षणका लागि आ–आफ्ना साहु तथा सञ्चालकहरुलाई दबाब दिएका छन् ।

‘हामीले आफ्ना सबै २७ कर्मचारीको पिसिआर परीक्षण गर्दा एक महिला कर्मचारीमा कोरोना पोजिटिभ देखियो, त्यसपछि हामीले सात दिनका लागि कार्यालय बन्द गरिदियौं’ रुङ्गटा ग्रुपका कार्यकारी प्रमुख (सिइओ) प्रदीपकुमार रुङ्गटाले न्युज अफ नेपाललाई भन्नुभयो– सात दिनपछि पुनः परीक्षण हुन्छ, कोरोना नेगेटिभ निश्चित भएपछि उहाँहरु पुनः कार्यालय आउनुहुन्छ ।

अहिले बिदामा रहेका कर्मचारी क्यारेन्टिनको अवस्थामा बसेको पनि उहाँले जानकारी दिनुभयो ।

ट्रेड टावरलगायतका चर्चित १५ व्यापारिक समूहहरु रहेको यस परिसरमा दुई हजारभन्दा बढी व्यक्तिहरु रोजगारीमा छन् ।

सेन्टर बिजनेस पार्कको चौथो तलामा रुङ्गटा समूहका दुई कार्यालयहरु छन्, संक्रमित देखिएको कार्यालय बन्द छ भने अर्को कार्यालय सामान्य रुपमा सञ्चालनमा रहेको सिइओ रुङ्गटाले जानकारी दिनुभयो ।

पोषक पेटेल दाना र दिव्य सोयाबिन तेललगायतका उत्पादनका लागि नाम कमाएको रुङ्गटा व्यापारिक घरानाले ओम एग्रो प्रोडक्ट, ओम चाओ बिरो फिड इण्डस्ट्रिज, पेटेल फिड, पोषक ब्रिड्स फर्म, फ्लोर मिल्स, जगदम्बा ट्रेडिङलगायतका कम्पनीको नामबाट व्यवसाय सञ्चालन गर्दैआएको छ ।

सिइओ रिङ्गटाका अनुसार केन्द्रीय कार्यालका कर्मचारीको जस्तै अन्य क्षेत्रीय कार्यालयमा कार्यरत कर्मचारीको पनि कोरोना परीक्षण गरिने तयारी भइरहेको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *