काठमाडौ: कोरोना संक्रमित प्रदेश २ आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संक्रमण भए पछि उनको सम्पर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली लगायतको पिसिआर परिक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको छ।
गत सनिबार बालुवाटारमा प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव, प्रहरी प्रमुख, सातै प्रदेशका कानुन मन्त्रीहरूलगायत उपस्थितमा प्रहरी समायोजनसम्बन्धी बैठक भएको थियो।
उक्त बैठक सकेपछि साउन सोमबार मन्त्री यादव जनकपुर फर्किएका थिए। त्यही क्रममा उनले जनकपुरमा कोरोना परीक्षण गराएका थिए। परीक्षण गराउँदा उनमा कोरोना पोजेटिभ देखिएको थियो।






