फाइल तस्बिर ।
काठमाडौं । वीर अस्पताललाई कोरोना विशेष अस्पताल तोकिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तगर्तको स्वास्थ्य आपतकालीन केन्द्रको बैठकले उक्त निर्णय गरेको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले वीर अस्पताललाई कोरोना अस्पताल तोकिएको जानकारी दिए ।
उनका अनुसार उक्त अस्पतालमा उपचाररत बिरामीहरुलाई राष्ट्रिय ट्रमा सेन्टरमा सारेर उपचार गरिने छ ।
यसअघि उपत्यकामा कोरोना अस्पताल नै भनेर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल तोकिएको थियो ।






