Home / Nepal / News / काठमाडौंका तीन सहित कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

काठमाडौंका तीन सहित कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेमा २ महिला र ७ पुरुष रहेका छन् । 

मृत्यु हुनेमा मोरङका ६४ वर्षीया र झापा ४५ वर्षीया महिला रहेका छन् । 

त्यसैगरी काठमाडौंका ७४, ६८ र ८५ वर्षीय,  मोरङका ४५ वर्षीय, पर्साका ७७ वर्षीय, धनुषाका ३५ वर्षीय र चितवनका ७० वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट निधन भएको जनाइएको छ । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *