काठमाडौँ : त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्र्तगत व्यवस्थापन संकायतर्फको स्नातक तह बीबीएस तेस्रो वर्षको परीक्षाफल प्रकाशित भएको छ।
त्रिविको परीक्षा नियन्त्रण कार्यालयले केन्द्रीय परीक्षा सञ्चालकको निणर्यानुसार नतिजा प्रकाशित गरेको हो ।
यस्तै, त्रिवि संगठन तथा शैक्षिक प्रसाशन सम्बन्धी नियम २०५० को परिच्छेद ६६ को २६०, २६८ र २७० अनुसार परीक्षाको मर्यादा विपरीत कार्य गर्ने परीक्षा क्रमाङ्क २५००७५ को परीक्षार्थीलाई ०७८ सम्म दुई वर्षका लागि त्रिविबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सम्मिलित हुन नपाउने गरी निषेध गरिएको त्रिविले सूचना जारी गर्दै जनाएको छ ।
परीक्षाफल त्रिविको वेबसाइट www.tuexam.edu.np मा हेर्न सकिन्छ ।






