नयाँ दिल्ली । बाबा रामदेव तथा आचार्य बालकृष्णको कम्पनी पतञ्जलि आयुर्वेदले कोरोना भाइरसको औषधि बनाएको दाबी गरेको छ ।
बाबा रामदेवको कम्पनीले बनाएको यस औषधिको नाम ‘कोरोनिल’ राखिएको छ ।
यो औषधि विभिन्न जडिबुटीबाट बनाइएको बताइएको छ । यस औषधिलाई २८० कोरोना संक्रमितमा परीक्षण गरिएको बताइएको छ ।
यस औषधिले पार्ने असर अथवा संक्रमण ठिक भएको भन्ने विषयमा कुनै अन्य पुष्टि भने गरिएको छैन ।
औषधिको प्रयोगबाट ३ देखि १४ दिनसम्म कोरोनाका सबै लक्षण निको पारिएको रामदेवले बताएका छन् ।
उनका अनुसार दोस्रो चरणमा क्लिनिकल नियन्त्रण परीक्षण गरिएको थियो । यसमा सय मानिस सहभागी गराइएको थियो । यस चरणमा तीन दिनमा ६९ प्रतिशत बिरामी निको भएको उनको दाबी छ ।
औषधि बनाउने क्रममा सबै वैज्ञानिक नियम पालना गरिएको दाबी गरिएको छ । – बीबीसी






