एजेन्सि: इन्डोनेसियाको राजधानी जाकर्ताबाट ६२ यात्रुसहित उडेको जहाज दुर्घटनामा परेको छ।
सरकारबाट औपचारिक रुपमा यसको पुष्टि नगरेता पनि बोइङ ७३७ जहाज सम्पर्कविहीन भएपछि समुद्रमा दुर्घटनाग्रस्त भएको अनुमान गरिएको छ ।
श्रीविजय जहाज पश्चिम कालिमान्टन प्रान्तका लागि उडेको थियो । प्रत्यक्षदर्शीहरुका अनुसार जहाज विस्फोट भएको आवाज सुनिएको र दृश्य समेत देखिएको अलजजिराले जनाएको छ ।






