Home / World News / आसाममा बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु, ५४ लाखभन्दा बढी बासिन्दा प्रभावित

आसाममा बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु, ५४ लाखभन्दा बढी बासिन्दा प्रभावित


आसाम । भारतको पुर्वोत्तर राज्य आसाममा आएको पछिल्लो बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ ।

राज्यका ३० जिल्लामा उनीहरुको मृत्यु भएको र अरु ५४ लाखभन्दा बढी बासिन्दालाई असर परेको अधिकारीहरुले जनाएका छन् ।
आसाम राज्यको प्रकोप व्यवस्थापन निकायले शनिबार दिएको जानकारी अनुसार शुक्रबारसम्ममा ५३ हजार ९९ हजार १७ जना प्रभावित भएका हुन् ।

प्रभावित भएकाहरुका लागि ५५२ ओटा शिविरहरु पनि स्थापना गरिएका छन् ।

त्यसैगरी झण्डै साढे दुई लाख हेक्टर जमिनमा लगाइएको कृषिजन्य पदार्थ पनि नष्ट भएको अधिकारीहरुले जानकारी दिएका छन् । बाढीका कारण झण्डै ७६ हजार स्थानीय बासिन्दा विस्थापित भएका बताइएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *