बीबीसी : नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले बलिउड अभिनेता शाहरूख खानका छोरा आर्यन खानलाई रेभ पार्टीबाट पक्राउ गरेको छ। आर्यनमाथि लागुऔषध सेवन तथा किनेको आरोप लागेको छ ।
आर्यनलाई एनसीबीले शनिबार पक्राउ गरेको थियो । उनलाई बिहीबारसम्म एनसबीकै हिरासतमा राखियो । बिहीबार भएको सुनुवाइमा आर्यनको जमानत याचिका खारेज गरेर उनलाई १४ दिने न्यायिक हिरासत पठाएको छ ।
कोर्डेलिया क्रुजमा भएको रेभ पार्टीमा छापा मारेर एनसीबीले आर्यनका साथै ८ जनालाई हिरासतमा लिएको हो । खबरकाअनुसार उक्त रेभ पार्टीका लागि भनेर पानीजहाज ३–४ दिनका लागि मुम्बईबाट दिल्ली जाँदै थियो ।
आर्यनको मुद्दापछि अहिले रेभ पार्टी अनि त्यहाँ प्रयोग हुने लागुऔषधबारे चर्चा चलिरहेको छ।
रेभ पार्टी के हो र यो पार्टीमा के हुन्छ र कति खर्च लाग्छ यो पार्टीमा सहभागी हुन भनेर नारकोटिक्स विभागसँग गरेको कुराकानीको आधारमा ।
रेभ पार्टी के हो ?
रेभ पार्टी गोप्य तरिकाले आयोजना गरिन्छ । जहाँ लागुऔषध, मदिरा, संगीत, डान्स र कहिले काहिँ यौनजन्य क्रियाकलाप पनि हुनेगर्छ ।
नाम नखुलाउने शर्तमा एनसीबीका एक अधिकारी भन्छन्, “रेभ पार्टीहरू पार्टी सर्किटसँग जोडिएका केही निश्चित व्यक्तिहरूका लागि मात्रै आयोजना गरिन्छ। पार्टीबारे बाहिर कुरा नपुगोस् भनेर नयाँ व्यक्तिहरूलाई यो पार्टीमा प्रवेशको अनुमति दिइन्न ।
यो पार्टी लागुऔषधको किनबेच गर्नेहरूका लागि सुरक्षित स्थान हो। एनसीबीका अधिकारीकाअनुसार यी पार्टीहरूमा बढी मात्रामा लागुऔषध सेवन गरिन्छ ।
आर्यन खान सामेल क्रुज पार्टीमा एनसीबीले १३ ग्राम कोकिन, पाँच ग्राम मेफेड्रोन र २२ ट्याबलेट एक्सटेसी बरामद गरेको छ।
अधिकारी भन्छन्, “रेभ पार्टीमा एक्सटेसी, केटामाइन, एमडीएमए, एमडी र चरेस पनि सेवन गरिन्छ ।”
यो पार्टीको समयमा ठुलो आवाजमा इलेक्ट्रिक ट्रान्स म्युजिक बजाइन्छ ताकि ड्रग्स लिनेहरू लामो समयसम्म एउटै मुडमा झुम्मिन पाउन् । लेजरको सहायताले रंगिन तस्बिर, भिजुअल इफेक्ट र धुवाँ निकाल्ने मेसिन पनि रेभ पार्टीमा प्रयोग गरिन्छ ।
रेभ पार्टी २४ घण्टादेखि तीन दिनसम्म चल्छ ।
एनसीबीकै एक अधिकारीले भने, “यो एउटा विशेष प्रकारको म्युजिक सिस्टम हो, ताकि इलेक्ट्रिक ट्रान्स म्युजिकलाई ठुलो आवाजमा बजाउन सकियोस् ।”
छापा मार्ने अधिकारीहरूसँग गएका एक जानकारीदाताले भने, “रेभ पार्टीहरूमा बजाइने गीतहरूमा शब्द कम हुन्छन्, ट्रान्स म्युजिकमा काल्पनिक या भ्रमित गर्नेवाला वातावरण पैदा गर्दछ र उपस्थितहरूले रुचाउछन् ।”
यी पार्टीको योजनादेखि आयोजनासम्म कोड भाषामा हुन्छ ।
एनसीबीसँग सहकार्य गरिसकेका मुम्बई प्रहरीको सेवानिवृत्त प्रहरी अधिकारी समाधान धनेधर भन्छन्, “यी पार्टीहरू टाढा–टाढा गरिन्छ ताकि कसैलाई शंका नहोस् ।”
रेभ पार्टीहरू प्रायजसो खन्डाला, लोनावला, करजात, खालापुर, पुणे जस्ता ठाँउहरूमा हुन्छ । धेरैजसो मानिसहरूको चहलपहल नहुने जंगल ठाँउतिर गरिन्छ ।
पार्टीमा आमन्त्रण कसरी गरिन्छ ?
गुपचुप रूपमा गरिने भएकाले जाँच एजेन्सीहरूको नजरबाट बच्न अनेक उपायहरू अपनाइन्छ । त्यसका लागि सामाजिक सञ्जाल र कोड भाषाको प्रयोग गरिन्छ ।
आदिल शेख (नाम परिवर्तन) प्रहरीका सरकारी साक्षी (अपराधिको बारेमा प्रहरीसम्म गुप्त रूपमा खबर जानकारी गराउने व्यक्ति) ले एनसबीले पहिलेपनि यस्ता दुईवटा पार्टीहरूको जानकारी गराइसकेका छ ।
बीबीसीसँग बोल्दै आदिल भन्छन्, “रेभ पार्टीको जानकारी दिन पछिल्लो केही वर्षदेखि सामाजिक सञ्जालको बढी प्रयोग हुन थालेको छ । यी पार्टीको हिस्सा भइसकेकाहरूको सानो समूह बनाइन्छ र उनीहरूले नै दोस्रो व्यक्तिसम्म पुर्याउछन।”
समाधान धनेधर भन्छन्, “पार्टीका आयोजक यसका लागि केही सिक्रेट कोडको प्रयोग गर्छन् । यी पार्टीहरू चाहेको बेला जो पनि जान पाउदैनन् । धेरैजसो पार्टीको जानकारी एकअर्कालाई बोलेरै दिइन्छ ।”
पार्टीमा जान लाखौँ खर्च
रेभ पार्टीहरूमा सहभागी हुन लाखौँ खर्च गर्नुपर्ने हुन्छ । त्यसैले सामान्य मान्छेहरू यो पार्टीमा सामेल हुन सक्दैनन् । यो पार्टीहरू धनाढ्यहरूका लागि मात्रै आयोजना गरिन्छ ।
तर, पछिल्लो ग्राफ हेर्ने हो भने केही मध्यमवर्गीय युवाहरू पनि आफ्ना धनाढ्य साथीहरूसँग मिलेर जान थालेका छन् ।
यो पार्टी १९८० को दशकमा युवाहरूबीच निकै लोकप्रिय थियो ।
किन रेभ पार्टीमा छापा मारियो ?
मुम्बई प्रहरीले सन् २००९ मा मुम्बईको जुहूमा अवस्थित बम्बे ७२ क्लबमा छापा मारेको थियो । प्रहरीले छापामारेर २४६ युवाहरूलाई हिरासतमा लिएको थियो । पक्राउ परेकाहरू मध्ये धेरैजनाको रगत परीक्षणबाट लागुऔषध सेवन गरेको पुष्टि भएको थियो ।
यस्तै रायगढ प्रहरीले सन् २०११ मा खालापुरमा भैरहेको रेभ पार्टीमा छापामारेको थियो । यहाँ पनि पक्राउमा परेकाहरूको रगत परीक्षणबाट लागुऔषध सेवन गरेको पुष्टि भएको थियो ।
पछिल्लोपटक सन् २०१९ मा जुहूको ओकवुड होटलमा छापामारेर ९६ जनालाई पक्राउ गरेको थियो । बीबीसी हिन्दीबाट ।






