लामो समय देखी बिरामी रहेर नर्भिक अस्पतालमा उपचाररत निशा घिमीरेको बुधबार साँझ मृत्यु भएको छ। पछिल्लो समय घिमिरेको मुटु र मिर्गौलाले काम गर्न छोडे पछी उनको बुधबार बिहानदेखि घिमिरेको अवस्था गम्भीर बन्दै गएको थियो।
उपचारका क्रममा घिमिरेको बुधबार साँझ ७ बजे तिर मृत्यु भएको अस्पतालका श्रोतले जनाएको छ। उनलाई लगातार अक्सिजनको सपोर्ट दिएर सिसियुमा राखिएको र खाना पनि पाइपबाट खुवाउने गरिएको थियो भने उनका शरीरमा रहेका घाउहरू लामो समयसम्म पुरिन सकेका थिएनन्।
जिउँदो लाशजस्तो भएर घरमै थन्किएकी घिमिरेलाई नर्भिक अस्पतालले जेठ २७ गते उद्धार गरी निशुल्क उपचार थालेको थियो।






