श्रीमतीलाई एसिड छ्यापेको आरोपमा रौतहटबाट एक व्यवसायी पक्राउ परेका छन। पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका वडा नम्बर ७ का ४२ बर्षिय सुन व्यवसायी दीपक बिक रहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ।
बिकले आफ्नी ३८ वर्षीया श्रीमती दीपिका बिकमाथि एसिड प्रहार गरेका थिए। एसिड प्रहार गरेको आरोपमा प्रहरीले दीपकलाई शनिबार नै पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ।
घाइते भएकी दिपिकाको रौतहट स्थित एपोलो अस्पतालमा उपचार भइरहेको र उनको बायाँ हात र पेटको केही भाग एसिडले जलेको अस्पताललाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। घरायसी बिबादका क्रममा दिपकले एसिडले छ्यापेको र उनको अवस्था समान्य रहेको बुझीएको छ।






