Home / Nepal / News / गण्डकी प्रदेशमा थप एक जना कोरोना संक्रमितको मृत्यु

गण्डकी प्रदेशमा थप एक जना कोरोना संक्रमितको मृत्यु

स्याङ्जा । गण्डकी प्रदेशमा थप एक जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचाररत स्याङजाको आँधीखोला गाँउपालिका सिरुवारीका पुरुषको निधन भएको हो । असार ८ गते अस्पताल भर्ना भएका ५५ बर्षका ती पुरुषको गएराती निधन भएको प्रतिष्ठानले जनाएको छ ।

मृतकमा कोभिड १९ संक्रमण सँगै सिभियर न्युमोनिया,मधुमेह रोगको समेत समस्या रहेको प्रतिष्ठानले निकालेको बिज्ञप्तीमा उल्लेख छ ।

यो सँगै प्रदेशमा मृत्यु हुनेको संख्या २ पुगेको छ । गण्डकीमा ज्यान गुमाउने संक्रमित दुवै जना स्याङजाका हुन् ।

यसअघि वालिङ ३ का ५८ बर्षका संक्रमितको पोखरामा नै मृत्यु भएको थियो ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *