Home / Nepal / News / ‘अर्जुन रेड्डी’को नेपाली भर्जनको लागि अडिसन लिइने

‘अर्जुन रेड्डी’को नेपाली भर्जनको लागि अडिसन लिइने

काठमाडौं : दक्षिण भारतीय चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली रिमेक भर्जन बन्ने भएको छ। नेपाली चलचित्र निर्माण कम्पनी एवम् वितरक युवा फिल्म्सले चलचित्रको नेपाली भर्सनको निर्माण अनुमति लिएको हो।

नेपाली रिमेक भर्जनको लागि कलाकारको खोजी सुरु गरिएको छ। अर्जुन रेड्डी’को निर्माण तथा वितरणका लागि अुनमति लिएको युवा फिल्म्सले चलचित्रको कलाकारको अडिसन आह्वान गरेको छ।

विशाल सापकोटाले निर्देशन गर्ने चलचित्रको मुख्य पुरुष र महिला कलाकार तथा सहायक पात्रका लागि अडिसन आह्वान गरिएको छ।

अडिसनका लागि Contact@yuvafilms.com मा इमेल गर्न आग्रह गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *