Home / Nepal / सुशान्तको परिवार मुम्बई आइपुग्यो, पार्थिव शरीर पटना लैजाने परिवारको इच्छा

सुशान्तको परिवार मुम्बई आइपुग्यो, पार्थिव शरीर पटना लैजाने परिवारको इच्छा

काठमाडौं । अभिनेता सुशान्त सिंह राजपुतको अन्तिमसंस्कार आज मुम्बईमा गरिँदैछ । 

यसका लागि सुशान्तका परिवार पनि मुम्बई आइसकेको बीबीसीले उल्लेख गरेको छ ।

नातेदारका साथ सुशान्तका पिता (निलो टि सर्ट लगाउने)

पटनाका स्थायी बासिन्दा सुशान्तको पार्थिव शरीर पनि पटना नै लैजाने इच्छा सुशान्तका परिवारले व्यक्त गरेका छन् । यस विषयमा पनि कुराकानी भइरहेको बताइएको छ ।

बलिउडका उम्दा कलाकारमध्ये एक अभिनेता सुशान्त सिंहले आइतबार बान्द्रास्थित आफ्नै घरमा आत्महत्या गरेका हुन् । 

घटनाबारे अनुसन्धान गरिरहेको मुम्बई प्रहरीले अहिलेसम्म कुनै सुसाइड नोट नमिलेको बताएको छ । प्रहरी रिपोर्टका अनुसार सुशान्त पछिल्लो ६ महिनादेखि डिप्रेसनसँग लडिरहेका थिए । 

सुशान्तको घरमा काम गर्ने कर्मचारीले फोन गरेर प्रहरीलाई उनको आत्महत्या बारे जानकारी दिएका थिए । 

आत्महत्याबारे पुष्टि गर्दै ३४ वर्षीय अभिनेताले घरमै झुन्डिएर आत्महत्या गरेको मुम्बई प्रहरीले पुष्टि गरेको छ ।

सुशान्तको मृत शरीर सोहीदिन (आइतबार) साढे ५ बजे डाक्टर आरएन कपुर अस्पताल लगिएको थियो । 

सुशान्तको पोस्टमार्टम रिपोर्ट आइतबार राति अबेर आएको थियो । रिपोर्टमा  डाक्टरले उनले आत्महत्या गरेको पुष्टि गरेका छन् । 

यसैबीच, पोस्टमार्टमा संलग्‍न डाक्टरहरूले सुशान्तको शरीरमा ड्रग्स या विष भएको नभएको पत्ता लगाउन शरीरको महत्त्वपूर्ण अंग जेजे अस्पताल पठाएका छन् ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *