Home / Nepal / News / मकवानपुरमा १८ क्विन्टल अवैध लागुऔषध गाँजा प्रहरीद्वारा नष्ट

मकवानपुरमा १८ क्विन्टल अवैध लागुऔषध गाँजा प्रहरीद्वारा नष्ट

काठमाडौं : मकवानपुरको राक्सिराङ गाउँपालिका-१, गाल्छाराङमा बारीमा लुकाइराखेको १८ क्विन्टल अवैध लागुऔषध गाँजा प्रहरीले जलाई नष्ट गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले उक्त गाँजा जलाएर नष्ट गरेको हो।

गाँजा नष्ट गरी कार्यालय फर्कने क्रममा सोही गाउँपालिका कुपिनटारस्थित सडकमा स्थानीयहरूले अवरोध गरी प्रहरीको गाडीहरू र प्रहरीहरूलाई समेत हातपात गरेपछि प्रहरीले हवाईफायर समेत गरी स्थितिलाई नियन्त्रणमा लिएको थियो।

सडक अवरोध गरी प्रहरीलाई हातपात गर्नेमध्ये राक्सिराङ–१ बस्ने ४० वर्षीय कान्छालाला रुम्बालाई प्रहरीले नियन्त्रणमा लिएको छ। साथै, सोही गाउँपालिका कुपिनटारस्थित बारीमा रहेको १५ केजी गाँजा र १४ केजी गाँजाको भाँङसमेत प्रहरीले बरामद गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *