Home / Nepal / किन जादैनन् ‘द कपिल शर्मा शो’ मा अभिनेता आमिर खान ?

किन जादैनन् ‘द कपिल शर्मा शो’ मा अभिनेता आमिर खान ?

एजेन्सी – चर्चित कमेडियन कपिल शर्मा सो मा नयाँ नयां गेस्ट आउने गर्दछन् । उक्त शो धेरै रुचाउने गरेका छन् । कोरोनाका कारण रोकिएको यस शो अब भने संचालन हुने तयारीमा रहेको छ । कपिल शर्मा सो मा नयाँ नयाँ चलचित्रको प्रचार प्रसार गर्नेका लागि अभिनेता अभिनेत्री आउने गरेका छन् ।

सलमान खान देखि साहरुख खान सनि लियोनि, कैटरिना कैफ, करिना कपुर, प्रियंका चोपडा जस्ता चर्चित कालाकार आएका छन् । तर अभिनेता आमिर खान भने यस शोमा भने आएका छैनन् । आमिर खान यस शोमा नआएका कारण धेरै फ्यानको मनमा जिज्ञासा लागेको होला तर उनि भने यस शो मा आउन चाहादैनन् ।

उनले हालसम्म दर्जनौ चलचित्रमा अभिनय गरे तर कमेडियन कपिल शर्मा सो प्रचारको लागि उनले माध्यम ठानेन् किन भने उनी फिल्मको फरक तरिकाबाट प्रचार गर्ने गर्छन् ।

त्यसो त आमिर खानको प्रचारको तरिका फरक छ । हरेकपटक उनी केही न केही नयाँ गरिरहेका हुन्छन् । उनले गजनी, थ्री इडियट्स फिल्म रिलिजका बेला पनि फरक प्रचार शैली अपनाएका थिए ।

जब फिल्मको प्रचारको नै आवश्यक पर्दैन भने आमिर पनि किन कपिलको प्रचारमा जाऊन् र ! कतिले त आमिरलाई कपिलको शो मन नपर्ने पनि बताउने गरेका छन् ।

कपिल शर्माले शो मा कयैन् पटक आफ्नो सीमा पार गरिसकेका छन् । उनले महिलालाई मजाक बनाउँछन् । स्टारमाथि हावी हुने कोशिश गर्छन् । कपिलले कतिपटक त कलाकारको अपमान पनि गरेका छन् । जुन आमिरलाई पटक्कै मन पर्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *