काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका महिला तथा पुरुष खेलाडीहरुले बराबरी तलब पाउने भएका छन्। बिहीबार नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठकले राष्ट्रिय फुटबल टिमका सदस्यले मासिक १८ हजार तलब पाउने निर्णय गरेको छ।
बिहीबार सातदोबाटोमा बसेको एन्फाको कार्यसमिति बैठकले राष्ट्रिय फुटबल टिमका प्रत्येक सदस्यको तलब वृद्धि गरेको हो। एन्फाले महिला टिमका सदस्यलाई समेत पुरुष बराबरको मासिक १८ हजार तलब दिने निर्णय गरेका हो।पुरुष टिमका खेलाडीले यसअघि मासिक १५ हजार र महिला खेलाडीले ७ हजार तलब पाउँदै आएका थिए। एन्फाभित्र खेलाडीको तलब बढाउनु पर्ने माग पदाधिकारीलेनै राख्दै आएका थिए।






