Home / World News / अमेरिकी सर्जनको चेतावनी : आन्दोलनका कारण दोस्रो लहरको संक्रमणको खतरा

अमेरिकी सर्जनको चेतावनी : आन्दोलनका कारण दोस्रो लहरको संक्रमणको खतरा

वासिङ्टन । अमेरिकी सर्जन जनरल डा. जेरोमी अडाम्सले जर्ज फ्लोइड प्रदर्शनका कारण अमेरिकामा दोस्रो लहरको कोरोना भाइरसको संक्रमण हुनसक्ने चेतावनी दिएका छन् । 

प्रदर्शनका क्रममा अमेरिकनहरुले एकठाउँमा भेला भएको र भौतिक दूरीको ख्याल नगरिएकोले दोस्रो लहरको भाइरसको संक्रमणको हुनसक्ने चेतावनी दिइएको हो । 

उनले भने, “यस जातीवादविरुद्धको प्रदर्शनले प्रदर्शनमा सहभागी भएका व्यक्ति र उनीहरुको समुदायलाई कति खतरापूर्ण बन्यो र यसले उत्‍पन्‍न गराउने सार्वजनिक स्वास्थयको विषयले मलाई चिन्तित बनाएको छ ।”

यद्यपि अमेरिकाले कोरोनाको पहिलो प्रकोप पनि नियन्त्रण गर्न सकेको थिएन । चिकित्सक अडाम्सले अमेरिकालाई पहिलो चरणको प्रकोपसँग लड्दै दोस्रो लहरको प्रकोपबाट बच्‍ने तयारी र प्रकोप सुरु भइसकेपछिको अवस्थाका बारेमा तयार रहनसमेत आग्रह गरेका छन् । 

अमेरिकामा हाल पनि दैनिक करिब २० हजार संक्रमित थपिँदै गएका छन् । केही राज्यमा कोरोना संक्रमण घट्दो अवस्थामा भए पनि वेस्ट कोस्ट, साउथ क्यारोलिनालगायतका राज्यमा संक्रमण दैनिक उकालो लागेको अवस्था छ । 

अमेरिकामा हालसम्म कोरोना संक्रमितको संख्या १८ लाख ८१ हजारभन्दा बढी पुगेको छ भने एक लाख ८ हजारभन्दा मानिसको मृत्यु भएको छ । –सीएनएन

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *