काठमाडौं : पछिल्लो २४ घण्टामा देशाभरीमा २ हजार ४ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै नेपालमा कोरोना भाइरस सन्क्रमण बाट निको हुनेको कुल संख्या ५ लाख ७० हजार ९ सय ५८ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर पछिल्लो २४ घण्टामा १२ हजार २ सय ३२ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ४ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा २ हजार ५ सय १८ जना कोरोनामुक्त भएर घर फर्केका छन भने संक्रमणमुक्त हुनेहरुको संख्या ५ लाख ७० हजार ९ सय ५८ पुगेको छ ।
यस्तै गरी पछिल्लो २४ घन्टामा २४ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ९ सय १८ पुगेको छ ।






