Home / Nepal / सुर्खेतमा मृत्यु भएका युवकमा कोरोना भएको पुष्टि, मृतकको संख्या ११ पुग्यो

सुर्खेतमा मृत्यु भएका युवकमा कोरोना भएको पुष्टि, मृतकको संख्या ११ पुग्यो

सुर्खेत। सुर्खेतमा कोरोना संक्रमणका कारण एक जना युवाको मृत्यु भएको छ । क्वारेन्टीनमा बसेर आरडीटी परीक्षणमा नेगेटिभ रिर्पोट आएपछि बुधबार उनी घर फर्किएका थिए । तर उनको बिहीबार बिहान २ बजेतिर एक्कासि मृत्यु भएको थियो ।


उनी घर फर्किएपछि गाउँमै रहेको सामुदायिक भवनमा बसेको र उनको त्यही मृत्यु भएको हो । एक हप्ता परिवारसँग टाढा भएर बस्न सुझाव दिएपछि उनीसहित पाँच जना सोही भवनमा बसेका थिए ।


उनी पञ्चपुरी नगरपालिका वडा १ हाँसे गाउँका २० बर्षिय युवा हुन । उनी जेठ ७ गते भारतबाट फर्किएर जनता मावि विद्यापुरको क्वारेन्टीनमा बसेका थिए ।

उनको मृत्यु भएपछि बिहिबार स्वाव संकलन गरेर पिसिआर परीक्षणका लागि वीरेन्द्रनगर ल्याइएको थियो ।

जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले कोरोना संक्रमण पुष्टी भएको जानकारी दिनुभयो ।

उहाँले स्थानीय पालिकासँग समन्वय गरेर नेपाली सेनाले शब व्यवस्थापन गर्न परिचालन भइसकेको बताउनुभयो ।


निजको मृत्युबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने आधिकारीक रुपमा पुष्टि गरेको छैन ।


यस अघि दैलेखका एक युवाको कोरोना संक्रमणको कारण मृत्यु भएको थियो ।

कर्णालीमा अहिलेसम्म तीनसय ८९ जनामा कोरोना संक्रमण भएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *