Home / Society / कालीकोटमा भिरबाट लडेर शुक्रबार एक महिलाको मृत्यु

कालीकोटमा भिरबाट लडेर शुक्रबार एक महिलाको मृत्यु

कालिकोट: कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका ३ मा भीरबाट लडेर शुक्रबार एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोहि वडा बस्ने ३६ वर्षीया गोरीकला बुढा रहेकी कालिकोट प्रहरीले जनाएको छ। स्याउला लिन जङ्गल गएका बेला भीरबाट लडेर खोलामा पुगी पानीमा डुबेर मृत्यु भएको उनका आफन्तले बताएका छन।

बिहान स्याउला लिन जङ्गल गएकी गोरीकला फिर्ता नआएपछि भीरबाट लडेर खोलाको पानीमा डुबेको अवस्थामा भेटीएको इलाका प्रहरी कार्यालय कुमालगाउँले पुष्टि गरेको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *