डोटी- डोटीमा भीरबाट लडेर शुक्रबार एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा डोटी जिल्ला दिपायल सिलगढी नगरपालिका -७ पाँकरीकि २८ वर्षीया श्रीमती शारदा कठायत भण्डारी रहेकी छिन।
भण्डारीको बाख्रा चराउँदै गर्दा भीरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय डोटिले जनाएको छ। बाख्रा चराउन गएकी भन्डारी घाँस काट्ने क्रममा भिरबाट खसेर ज्यान अनुमान गरीएको छ।
बाख्रा चराउन गएकी शारदा नआएपछि परिवार र स्थानीयबासीले खोजी गर्दा खोज्दा मृत भेटिएकी थिइन् ।






