Home / Society / रोल्पामा आगोले जलेर ६० बर्षिय बृद्धाको मृत्यु

रोल्पामा आगोले जलेर ६० बर्षिय बृद्धाको मृत्यु

रोल्पा: खाना पकाउने क्रममा रोल्पाको रून्टिगढी गाउँपालिका-९ सखीमा एक वृद्धाको आगोले जलेर मृत्यु भएको छ।

मृत्यु हुनेमा ६० वर्षीया चन्द्री विक रहेकी हुन। उनको खाना पकाउने क्रममा सोमबार साँझ कपडामा आगो सल्किएको र आगोले जलेर उनी गम्भीर घाइते भएकी थिइन।

घाइते उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा उपचारका लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *