अभिनेता सुशान्तसिंह राजपुत मृत्यु प्रकरणमा भारतको लागुऔषध नियन्त्रण ब्यूरो ( एनसिबी ) ले स्यामुअल मिरान्डा र शौविक चक्रवर्तीलाई पक्राउ गरेको छ।
पक्राउ पर्ने मिरान्डा सुशान्त का पुर्ब मेनेजर हुन भने चक्रबर्ती रिया चक्रवर्तिका भाइ हुन।
पक्राउ परेका दुवैजनाको घरको खानतलासी लिएर ल्यापटप र अन्य केही कागजात सहित नियन्त्रणमा लिइएको थियो।
गत १४ जुनमा मुम्बईस्थित आफ्नै घरमा मृत भेटिएका सुशान्त राजपुतको हत्या या आत्महत्या के हो भन्ने बिषय अझै अन्योलमा छ।
मुम्बई प्रहरीले सुरुमा यसलाई आत्महत्या बताए पनि सुशान्तका पिताले पटनाको राजीवनगर थानामा रिया चक्रवर्ती बिरुद्ध उजुरी दिएपछि अनुसन्धानले अर्को मोड लिएको हो।
अहिले सुशान्त राजपुतको मृत्यु प्रकरणको अनुसन्धान सिबिआइले गरिरहेको छ ।






