Home / Nepal / News / आपसी विवादको क्रममा धादिङमा खुर्पा प्रहार गरि हत्या

आपसी विवादको क्रममा धादिङमा खुर्पा प्रहार गरि हत्या

धादिङ: धादिङको नीलकण्ठ नगरपालिका ३ खल्चेतमा बिहीबार राती एक वृद्धको खुर्पाले हानेर हत्या भएको छ।

नीलकण्ठ नगरपालीका खल्चेतका २३ वर्षीय राजु परियारले सोही ठाउँका ६४ वर्षीय सोमबहादुर गुरुङको खुर्पाले हानेर हत्या गरेका हुन।

हत्यापछि मृतकको टाउको लिएर जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए। केही दिनअघि सोमबहादुर र राजुको विवाद भएको थियो।

पारिवारिक कुराहरु जोडेर सुरु भएको विवाद हत्या सम्म पुगेको घटना प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ।

घटनालगत्तै प्रहरीले मुचुल्का गरी शव पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा ल्याइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *