Home / Nepal / News / नक्कली नोटसहित २४ वर्षीय युवा पक्राउ

नक्कली नोटसहित २४ वर्षीय युवा पक्राउ

कञ्चनपुर : नक्कली नोटसहित भीमदत्त नगरपालिका–१८ का २४ वर्षीय दीपक नाथलाई आज प्रहरीले पक्राउ गरेको छ। हजारका दरका तीन थान नक्कली नोटसहित नाथलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए।  

स्थानीय पसलमा सामान खरिद गर्ने क्रममा नाथले नक्कली नोट दिएको पाइएपछि पक्राउ गरिएको उनले बताए। पक्राउ परेका नाथमाथि थप अनुसन्धान भइरहेको उनको भनाइ  छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *