Home / Nepal / News / नेपालमा हालसम्म २० हजार ८२२ जना कोरोना निको भएर घर फर्किए

नेपालमा हालसम्म २० हजार ८२२ जना कोरोना निको भएर घर फर्किए

काठमाडौं । नेपालमा हालसम्म २० हजार ८२२ जना नोभेल कोरोना भाइरसको संक्रमणमुक्त भएर घर फर्किएका छन् ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले नेपालमा कोरोना निको हुनेको संख्या २० हजार ८२२ पुगेको जानकारी दिए । 

नेपालमा कोरोना संक्रमितमध्ये निको हुनेको दर ५४ प्रतिशत रहेको उनले बताए ।  

नेपालमा १७ हजार ५८१ अथार्त ( ४५ .४३ प्रतिशत) सक्रिय संक्रमित रहेका छन् भने मृत्यु हुनेको दर ०.५७ प्रतिशत रहेको छ । 

नेपालमा कोरोना संक्रमितको कुल संख्या ३८ हजार ५६१ पुगेको छ ।

उनका अनुसार विश्वमा कोरोना निको हुनेको संख्या एक करोड ७५ लाख ८ हजार ७१४ पुगेको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *