काठमाडौँ: नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३७ पुगेको छ।
पछिल्लो २४ घण्टामा ८३८ जनामा कोरोना पुष्टि भएको छ भने कूल संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा एक महिला र १० पुरुष गरी ११ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिनुभएको छ।
प्रवक्ता डा. गाैतमका अनुसार माेरङ, पर्सा, बारा, काठमाडाैँ, ललितपुर, मकवानपुर, चितवन, सप्तरी, सर्लाही, दाेलखा र प्यूठानमा एक–एक जनाको कोरोनाबाट मृत्य भएको हो।
१३ हजार ५७ ९ जनाको पीसीआर परीक्षण गर्दा ८ सय ३८ जनामा संक्रमण पुष्टि भएको गौतमले जानकारी दिनुभएको छ।






