काठमाडौं । काठमाडौँ उपत्यकाका बिहीबार २०० जनामा कोरोना पुष्टि भएको छ । यससंगै उपत्यकामा कोरोना संक्रमितको जम्मा संख्या २६ सय ९६ जना पुगेको छ ।
उपत्यकाका विभिन्न अस्पतालमा गरीएको स्वाब परीक्षणमा काठमाडौँका १७४ जना, ललितपुरका १८ र भक्तपुरका ८ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो समय उपत्यकामा कोरोना सक्रमित बढ्दै गएका छन् । हिजो मात्रै उपत्यकाका १५९ जनामा कोरोना देखिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर थप ७०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म १२६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।






