Home / Nepal / News / प्रसासनद्वारा बैंकका कर्मचारी बाटैमा रोकिएपछि उपत्यकाका बैंकहरु बन्द। भोलिबाट भने सुचारु हुने

प्रसासनद्वारा बैंकका कर्मचारी बाटैमा रोकिएपछि उपत्यकाका बैंकहरु बन्द। भोलिबाट भने सुचारु हुने

काठमाडौँ : बैंकका कर्मचारीलाई प्रहरीले अवरोध नगर्ने र बैंकका कमर्चारीलाई परिचयपत्रका आधारमा छाडिने बताए पनि आज (बिहीवार) बिहानै कार्यलय हिडेका बैंक कर्मचारीहरु बाटोमा नै रोकिएका थिए।

परिचय पत्र देखाउदा समेत प्रहरीले रोकेको बताइएको छ। प्रहरीले बैंकका कर्मचारीहरुलाई रोकेको भन्दै बैंकर्स संघले बिहीबार उपत्यकाका सबै शाखा बन्द गरेको छ।

काठमाडौं , ललितपुर र भक्तपुर जिल्ला प्रशासनले हिजो ( बुधबार ) राति १२ बजेदेखि काठमाडौं उपत्यकामा एक साताका लागि निषेधाज्ञा जारी गरेको थियो।

तर बैंकका कर्मचारीलाई भने बैंकको परिचयपत्रका आधारमा आवजावत गर्ने दिन बताएको थियो। त्यसैको आधारमा बैंकर्स संघले बढिमा ८ वटा साखा खोल्ने सहमती भएको थियो।

बैंक तथा वित्तीय संस्थाहरु अत्यावश्यक सेवाभित्र पर्ने भए पनि प्रहरीले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई बाटैमा रोकिएपछी आज बैंकहरु बन्द भएका थिए।

बैंकर्स बाट गुनासो आए पछि भोलि बाट बैंकका कर्मचारीलाई परिचयपत्रका आधारमा जान दिने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक ( एसएसपी ) सुशीलकुमार यादवले बताउनु भएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *