काठमाडौं, फ्रेन्च क्लब पिएसजी जारी सिजन युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ।
उसले पोर्चुगलको लिस्वन सहरस्थित इस्टाडियो डा लुइज रंगशालामा भएको सेमिफाइनल खेलमा जर्मन क्लब आरबी लेइपजिग माथी ३-० को प्रभावशाली जित निकाल्दै उपाधी नजिक पुगेको हो।
खेलको १३ औं मिनेटमा एन्डजल डि मारियाको फ्रि किक प्रहारमा मार्किन्वसले हेडिङमार्फत् सुन्दर गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए। ४२औं मिनेटमा नेइमारको पासमा एन्जल डि मारियाले गोल गर्दै टिमलाई पहिलो हाफमै २–० को अग्रता दिलाए का थिए।खेलको ५६औं मिनेटमा पिएसजीका लागि जाउन बर्नाटले गोल गर्दै खेलमा पिएसजिको जित सुनिश्चित गरेका थिए।
सो गोलपछि खेलमा दुवै पक्षबाट थप गोल भएन र, खेल पिएस्जीले ३–० ले जित्यो।
यो जित सगै पिएसजी आफ्नो क्लब इतिहासमै पहिलोपटक च्याम्पियन्स लिगको फाइनलमा पुग्न सफल भएको हो।
उसले अब आज रातिहुने जर्मन क्लब बार्यन म्युनिख र फ्रेन्च क्लब लियोनको दोस्रो सेमिफाइनल खेलको विजेतासँग उपाधिका लागि भिडन्त गर्नेछ ।
इतिहास रच्दै पिएसजी च्याम्पियन्स लिगको फाइनलमा ।






