Home / Nepal / News / नेपाली स्वास्थ्य विज्ञहरु भन्छन् : रुसले बनाएको खोपमा आशावादी हुने अवस्था छैन

नेपाली स्वास्थ्य विज्ञहरु भन्छन् : रुसले बनाएको खोपमा आशावादी हुने अवस्था छैन

काठमाडौं । रुसले नोभेल कोरोना भाइरसको संक्रमणविरुद्धको खोप बनाएको दाबी गरेको छ । तर उक्त खोप बनाउँदा रुसले एकदमै कम तथ्य सार्वजनिक गरेको स्वास्थ्य विज्ञहरु बताउँछन् । 

जनस्वास्थ्य विज्ञ डा. समिरमणि दीक्षितका अनुसार विभिन्‍न रिपोर्ट हेर्दा रुसले बनाएको कोरोना भाइरसविरुद्धको खोप बनाउँदा पूर्वसूचना भने केही नभएको र वैज्ञानिक दस्तावेज पनि एकदमै कम रहेको देखिन्छ । रुसले कोरोनको खोप कसरी बनायो भन्‍ने विषयमा सबैमा चासोको बनेको उनी बताउँछन् । उनले भने, “खोप बन्‍नु सकारात्मक कुरा हो तर जबसम्म वैज्ञानिक दस्तावेजले पुष्टि गर्दैन्, तबसम्म उक्त खोपमा आशावादी हुने अवस्था हुँदैन । ”

जनस्वास्थ्य विज्ञ डा.रविन्द्र पाण्डेले रुसले कोरोना भाइरसविरुद्धको खोप हतारमा निकालेको विभिन्‍न अध्ययनहरुले देखाएको बताउँछन् । उनका अनुसार कोरोनाविरुद्धको खोपको पहिलो र दोस्रो चराणको ‘क्लनिकल ट्रायल’ सीमित व्यक्तिहरुमा भएको देखिन्छ, सीमित मात्रामा भएको देखिन्छ, खोपको क्लनिकल ट्रायल साइन्टिफिक जर्नरलमा प्रकाशन गर्नुपर्ने हो, त्यो समेत रुसले गरेको देखिदैन् । उनले भने, “रुसले हालसम्म ३८ जना व्यक्तिहरुमा मात्र ‘क्लनिकल ट्रायल’ गरेको देखिन्छ, जुन एकदमै कम हो ।”

उनका अनुसार खोपको ‘क्लनिकल ट्रायल’पछि उक्त खोपको गुणस्तर मापन गर्नुपर्ने र खोप प्रयोग गर्न अनुमति लिनुपर्ने हुन्छ तर हालसम्म रुसले अनुमति आफ्नै स्वास्थ्य मन्त्रालयबाट लिएको देखिन्छ भने  विश्व स्वास्थ्य संगठनले समेत रुसले बनाएको खोपमा इन्कार गरेको देखिन्छ । चीन, बेलायत, जर्मनी र अमेरिका खोपको ट्रायलमा रुसभन्दा अगाडि रहेका उनले जानकारी दिए । 

यसैगरी, रुसले कोरोनाविरुद्ध बनाएको खोप विभिन्‍न अध्ययन हेर्दा खोप बजारमा आउनुपर्ने जुन प्रक्रिया रहेका हुन्छन् । त्यो नगरेकै अवस्थामा रहेको औषधि विज्ञ बाबुराम हुमागाईं बताउँछन् । उनले भने,“यस खोपको प्रभावकारिता कति प्रतिशत विश्वास गर्न सकिने त्यो महत्वपूर्ण हुन्छ ।”

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखाका वरिष्ठ औषधि व्यवस्थापक पानबहादुर क्षेत्रीका अनुसार रुसले कोरोनाविरुद्धको खोप बनाएको र आफ्नो देशमा दर्ता भएको मात्र भएको देखिन्छ । उनले भने, “विभिन्‍न रिपोर्ट हेर्दा पनि कोरोनाको खोप नयाँ भएकाले विस्तृतमा केही पनि आउन सकेको देखिँदैन ।” 

यो खोपको समूहमा परीक्षण नगरी कस्तो प्रकारको खोप भनेर भन्‍न सकिने अवस्था नरहेको उनी बताउँछन् ।  

उक्त खोप अझै पनि अध्ययनको अवस्थामै रहेको विभिन्‍न अध्ययनहरुले देखाएको उनले जानकारी दिए । उनका अनुसार खोपको गुणस्तर र विश्‍वसनीयता पनि राम्रो भएको अवस्थामा अन्य देशहरुले माग गर्न थाल्छन् । नेपालले पनि उक्त खोप लिनलाई त पकै पनि प्रयास गरिहाल्छ नि ?
 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *