Home / World News / च्याम्पियन लिग फुटबलका सेमिफाइनल खेलहरु आज रातिबाट सुरु हुदै।

च्याम्पियन लिग फुटबलका सेमिफाइनल खेलहरु आज रातिबाट सुरु हुदै।

काठमाडौं। युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा आजदेखि सेमिफाइनल चरणका खेल हुँदैछन्।
आज हुने पहिलो सेमिफाइल खेलमा जर्मन क्लब आरबी लेइपजिग र फ्रेन्च क्लब पिएसजी आमनेसामने हुँदैछन्।
पोर्चुगलको लिस्वन सहरस्थित स्टाडियो डा लुइज रंगशालामा हुने खेल नेपाली समयअनुसार राति ठीक १२ः४५ बजेबाट सुरु हुनेछ।
२५ वर्षपछि पहिलोपटक च्याम्पियन्स लिगको सेमिफाइनल पुगेको पिएसजी आजको खेल जितेर फाइनल पुग्ने दाउमा छ भने यता लेइपजिग पनि आज पिएसजीमाथि अप्रत्यासित जित निकालेर च्याम्पियन लिगको इतिहासमा पहिलो पटक सेमिफाइनल पुग्ने दाउमा हुने छ।
यसअघि अन्तिम आठमा पिएसजीले इटालियन क्लब एटलान्टालाई २–१ ले हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो भने लेइपजिगले स्पेनिस क्लब एथ्लेटिको मड्रिडलाई २–१ ले नै स्तब्ध बनाउँदै सेमिफाइनल पुगेको थियो।
त्यस्तै भोलि हुने अर्को सेमिफाइनल खेलमा जर्मन क्लब बार्यन म्युनिख र फ्रान्स क्लब लियोन एक आपसमा प्रतिस्पर्धा गर्ने छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *