Home / Nepal / News / काठमाडौं उपत्यकामा एकैदिनमा ११९ जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा एकैदिनमा ११९ जना कोरोना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार ११९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेवर गौतमका अनुसार पछिल्लो २४ घण्टामा  काठमाडौं उपत्यकामा ११९ जना कोरोना संक्रमित थपिएको जानकारी दिएका हुन्  । 

 उनले भने,“काठमाडौंका ८३ जना, ६ जना भक्तपुरका  र ललितपुरमा ३० जना कोरोना संक्रमित थपिएका छन् । ” उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका २३ जना ,भक्तपुरका ३ जना र ललितपुरका एक जनामा कोरोना देखिएको छ  ।

पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका चार जना ,ललितपुका २६ जना र भक्तपुरका एक जनामा कोरोना देखिएको  उनले बताए  । बीएन बी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका एक जनामा कोरोना देखिएको छ ।

 शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १६ जना  र ललितपुरका तीन जनामा कोरोना संक्रमण देखिएको उनले जानकारी दिए । नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा  काठमाडौंका १३ जनामा कोरोना देखिएको उनले बताए ।

स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा काठमाडौंका  सात जना र  भक्तपुरमा दुई जना कोरोना संक्रमित थपिएका छन् । ह्याम्स अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १० जना , र नेपाल कोरिया मैत्री अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका सात जनामा कोरोना  देखिएको उनले बताए ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *