Home / Society / चारवटा प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित भारी बर्षाको सम्भावना

चारवटा प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित भारी बर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले (बिहान) देशभर समान्य बदली रही प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।

विभागअनुसार आज दिउँसो बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । देशभर सामान्य बदली रही केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । 

विभागले आज राति प्रदेश नं १, बाग्मती प्रदेश, प्रदेश नं ५,  कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । देशभर सामान्य वदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।  

विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

भारी वर्षाका कारण सडक तथा हवाई यातायात प्रभावित हुने भन्दै सतर्क हुन विभागले आग्रह गरेको छ ।  

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *