धुलिखेल: काभ्रे जिल्लाको बेथानचोक गाउँपालिक स्थित गेलिङ बजारमा क्वारेन्टिनमा बसेकी २१ वर्षीया युवतीले क्वारेन्टिन स्थलको कोठाभित्र झुण्डिएर आत्महत्या गरेकी छिन।
केहिदिन अघि दुबई बाट आएकी ती युबतीमा बिगत ६ दिन देखि क्वारेन्टाइनमा बस्दै आएकी थिइन।
घटनाबारे जानकारी पाए लगत्तै प्रहरीको टोली घटना स्थल पुगिसकेको र पोष्मार्टमका लागि शवलाई धुलिखेल अस्पताल ल्याउने तयारी भइरहेको काभ्रे प्रहरीले जनाएको छ।
क्वारेन्टिनमा बसेकै समयमा आत्महत्या गरेका कारण पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिने जानकारी दिइएको छ।






