काठमाण्डौ: भारतको दक्षिणी प्रान्त केरलामा निरन्तरको वर्षापछि पहिरोमा जाँदा कम्तिमा १८ जनाको ज्यान गएको र दर्जनौ मानिसहरु हराइरहेका छन।
५० जना भन्दा बढिलाइ उद्धार गरिएको भारतिय संचार माध्यमहरुले जनाएका छ्न ।
प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्ति गर्दै मृतकका परिवारलाई जनही २ लाख र घाइतेलाई ५० हजार भारतीय रुपैयाँ दिने घोषणा गरेका छ्न।
निरन्तरको बर्षाका कारण राजधानी तिरुवनन्तपुरम पनि नराम्ररी बाढिको चपेटामा परेको छ
केरला राज्यमा ठूलो वर्षापछि ठाउँ–ठाउँमा बाढी र पहिरोको प्रकोप बढेको छ।






