Home / Nepal / News / काठमाडौंमा कोरोना संक्रमण देखिएका ११ जना अझै सम्पर्कमा आएनन् !

काठमाडौंमा कोरोना संक्रमण देखिएका ११ जना अझै सम्पर्कमा आएनन् !

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमण देखिएका ११ जना सम्पर्कमा आएका छैनन् । बुधबार संक्रमण देखिएका ६ जना र बिहीबार संक्रमण देखिएका ५ जना सम्पर्कमा नआएको स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । 

काठमाडौँमा उपत्यकामा बिहीबार कोरोना संक्रमण पाँचजना संक्रमित सम्पर्कमा नआएका हुन् । काठमाडौं उपत्यकामा बिहीबार ८७ जनामा कोरोना संक्रमण देखियो थियो ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तम कोइरालाले बिहीबार कोरोना पुष्टि ८७ जनामध्ये ८२ जनालाई विभिन्‍न अस्पतालमा व्यवस्थापन गरिएको जानकारी दिए । उनले पाँच संक्रमितसँग भने सम्पर्क हुन नसकेको जानकारी दिए । 

उनका अनुसार बुधबार सम्पर्कविहीन भएका १६ जनामध्ये १० जना बिहीबार सम्पर्कमा आए पनि अझै ६ जनासँग सम्पर्क भएको छैन । योसँगै बिहीबार र बुधबार गरी ११ संक्रमित सम्पर्कविहीन छन् । उनले भने, ‘‘केहीको मोबाइल अफ, छ कसैको नम्बर मिल्दैन ।’’ 

नमुना लिँदा नै मोबाइल नम्बरमा ध्यान दिनुपर्ने उनले बताए । उनका अनुसार बिहीबार उपत्यकामा पुष्टि भएका संक्रमितमध्ये ४१ जना प्रहरीहरु, केही अख्तियारका वरिष्ठ अधिकारीहरु र केही स्वास्थ्यकर्मी छन् ।

साथै ३७ संक्रमितमा भने कोरोनाको लक्षणसमेत रहेको कोइरालाले जानकारी दिए ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *