Home / Society / आज देखी उपत्यका र २ सयभन्दा बढी संक्रमित भएका जिल्लामा जोरबिजोर प्रणाली लागु

आज देखी उपत्यका र २ सयभन्दा बढी संक्रमित भएका जिल्लामा जोरबिजोर प्रणाली लागु

काठमाडौं । सरकारले आज (बिहीबार)देखि लागु हुनेगरी काठमाडौं उपत्यका र कोरोना संक्रमितको संख्या २ सयभन्दा बढी भएका जिल्लामा जोरबिजोर प्रणाली लागु गरेको छ । 

याे नियम लागु हुन्जेल जोर दिन जोर नम्बर प्लेट भएका सवारी साधन र विजोर दिन बिजोर नम्बर प्लेट भएका सवारी साधनमात्र चलाउन पाइने छ । 

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जारी गरेको विज्ञप्तिमा सुरक्षा मापदण्ड कडाइका साथ लागु गराउने उल्लेख छ । 

मास्क नलगाइ हिँड्नेलाई दण्ड जरिबाना गर्ने, सुरक्षा मापदण्ड उल्लंघन गर्ने व्यक्ति, समूह तथा संस्था जो भए पनि कारवाही गर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौं उपत्यका प्रवेश गर्ने नाकामा बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म आवागमन निषेध गरिएको छ ।

यी जिल्लाका सहरी इलाकामा जिल्लाभित्र समेत बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गर्ने जारी विज्ञप्तिमा उल्लेख छ । 

त्यसैगरी सरकारको निर्णय बमोजिम आवागमन अनुमति पाएका व्यक्तिबाहेक अन्तर्राष्ट्रिय सीमा नाकामा हुने आवतजावतलाई कडाइका साथ निषेध गर्ने जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पछिल्लो समय कोरोना संक्रमितको संख्या पुनः बढेपछि सरकारले जोर बिजोर प्रणाली लागु गरेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार लकडाउन खुलेपछि संक्रमितको संख्या बढेको छ । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *