आईची । जापानको आईची प्रिफेक्चरमा पनि आजबाट आपतकालिन् अवस्था घोषणा भएको छ । हरेक दिन संक्रमित संख्या बढ्दै जाँदा, प्रिफ्क्चर सरकारले आज ६ अगस्टबाट २४ अगस्टसम्मका लागि आपतकाल घोषणा गरेको हो ।
खासगरी आईची प्रिफेक्चरको मुख्य सहर नागोया क्षेत्र विशेष जोखिमपूर्ण बन्दै गएको छ ।
आईचीमा हालसम्म २ हजार ५ सय २८ जनामा कोरोना संक्रमण पुस्टि भएको छ ।
स्मरण रहोस् पछिल्ला दिन संक्रमित संख्या बढ्दै जाँदा प्रिफेक्चर सरकारले आपतकालिन् अवस्था घोषणा गर्ने क्रम बढ्दै गएको छ, यस अघि ओकिनवा प्रिफेक्चरले अगस्ट महिनाको अन्त्य सम्मको लागि आपतकाल घोषणा गरिसकेको छ ।






