Home / Nepal / News / डीएसपी सहित देशभर सशस्त्र प्रहरी बलका १३१ जनामा कोरोना संक्रमण देखियो

डीएसपी सहित देशभर सशस्त्र प्रहरी बलका १३१ जनामा कोरोना संक्रमण देखियो

काठमाडौं । देशका विभिन्न स्थानमा सशस्त्र प्रहरी बलका १३१ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा एकजना डीएसपी पनि छन् ।

सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी राजु अर्यालका अनुसार संक्रमितमा काठमाडौंका १, बाराका १, झापाका ३३ र अन्य सबै इलामका छन् ।

जसमध्ये ६८ जना डिस्चार्ज भइसकेका छन् । डीआईजी अर्यालका अनुसार संक्रमितको उपचारसँगै उनीहरुको सम्पर्कमा आएकाहरुको स्वास्थ्य जाँचलगायत प्रक्रिया जारी छ ।

उनले संक्रमण देखिएका स्थानमा विभिन्न अन्य युनिटबाट कामकारबाहीका लागि टोली परिचालन गरिएको छ ।

फाइल तस्बिर ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *