-दीर्घराज प्रसाई
नेपाल प्राकृतिक र सांस्कृतिक सम्पदाको सुवास विश्वभरी फैलिएकोछ । नेपाल सरहद भित्र अनेकौं जातिहरु मिलेर एक साझा सगोलरुपमा एकीकृत भएका छौं । हाम्रो देश सानो भए पनि यहाँ धेरै थरीका जाति छौं । यहाँ कुनै पनि एक जातिलाई होच्याएर र बिर्सेर नेपालको राष्ट्रियता पुरो हुँदैन । हाम्रो देशमा विभिन्न जातिहरु र हिन्दु र बौद्धको समष्टीगत एकताबाट साझा सांस्कृतिक राष्ट्रियता बनेकोछ ।
हामी प्रकति र संस्कृतिका धनी छौं । नेपालको पहिचानको रुपमा स्थापित भइआएका मान्यताहरुलाई जुनसुकै विचारका राजनीतिक दलहरुले पनि संरक्षण गर्नुपर्दछ । राजनीतिक प्रतिशोध र वदलाको भावना लिएर नेपालको प्राकृतिक र सांस्कृतिक पहिचानहरु निमिटयान्न गरियो भने भोलि कहाँ गएर नेपाल खोज्ने ?
बितेका १३ बर्षदेखि अहिलेसम्म माओवादी, कांग्रेस, एमालेका नेताहरुले देशलाई भौडीमा हाल्नखोज्ने बाहेक देशको लागि एउटा पनि काम गरेनन् । २०७३ साल आएपछि पनि यिनीहरु राष्ट्रघाती बाटो छोडेका छैनन् ।
एमाले जोड माओवादी, कांग्रेस सिद्धान्तच्यूत बाटो हिडेकाले देशको भविष्य नैं अन्धकारमय हुन पुगेको छ ।
जुनबेलादेखि नेपालमा धर्मनिरपेक्ष, गणतन्त्र र संघीयता लाधियो त्यहीबेलादेखि नेपालको अधोगति हुँदो छ ।
२०६३ सालको प्रारम्भमा चीनले पश्चिमा र भारतीय कांग्रेस (आई) को षडयन्त्र बुझ्न सकेन अहिले चीनले यी सबै चीन बिरद्धका खेल रहेको कुरा राम्ररी बुझेको छ ।
२०६३ साल बैशाखमा राजाले नैं प्रधानमंत्रीको सपथग्रहण गराएका गिरिजाप्रसाद कोइरालाले सीआए र रअको रणनीतिबाट नेपालमा राजा हुँदाहुँदै अवैधानिक राष्ट्रप्रमुख बनाइए।
नेपालमा राजसंस्था विस्थापित भएको अवस्थामा नेपालको सार्वभौमसत्तामा मात्र खतरा आउने होइन चीन तथा भारत पनि खतरामा पर्छन् ।
राजसंस्थाको उनुपस्थितिमा नेपाल पश्चिमाहरु र इसाईहरुको अखडा बन्छ भन्ने कुरा बितेको सातबर्षमा विश्वलाई जानकारी भइसकेको छ ।
तराईका मूल बासिन्दाहरु– झा, यादव, राजवंशी, थारु, धीमाल, कुर्मी, माझी, ठाकुर–ब्राम्मण, लोहार, हजाम र धार, कुमाल, गुप्ता, पटेल, कर्मी, मसहर, चमार, धोबी, पटेल, त्रिपाठी, देव, दास, श्रीबास्तव, भूमिहार, राजपूत, पटुवा, गोहित, सिंह, पाण्डे, बर्मा, दत्त, पासवान, हजरा, सहनी, हजारी, जयसवाल, ताजपुरिया, मसलमान, मैथिली, अवधी आदि तराईवासीहरुले आफूलाई मधेसी भन्दैनन् । मैथिला प्रदेश, विराटप्रदेशका, आदिवासी, सेनवंशी, अवधी आदिवासी जनता यी कुनै मधेसी होइनन् ।
तराईका मूल बासिन्दाहरु हुन् । भारतबाट नेपालमा छिरेर व्यवसाय गर्दैआएका भारतीयहरुले नेपाली नागरिकता प्राप्त गरेपछि आफूहरुलाई मधेसी भन्न थालेका हुन् । मधेस भन्ने कुनै जिल्ला छैन, गाउँ छैन । मधेसी आप्रबासी हुन् ।
विदेशीले उप्साएका नेपालमा व्यवसाय गर्दैआएका कतिपय भारतीय मधेसवादी पार्टीका नेताहरुले आयतीत कुरा बोलेर नेपाली जनतालाई दिग्भ्रमित बनाउन खोजेकोमा त्यसको बिरद्ध हामी देशभक्तहरु भिड्न सक्नुपर्छ ।
मधेसी बारेमा इतिहासकार ज्ञानमणि नेपाल लेख्छन्–‘मधेसी मूलका नेताहरु आफूहरुलाई नेपाली नभनेर मधेसी भन्न रुचाउँछन् । भारतको मध्य प्रदेशबाट मधेसी भनेको हो ।’
त्यसैले मधेसीहरुले नेपाललाई भारतीय गुप्तचरहरु र भारतीय प्रशासनिक संयन्त्रबाट जे जस्तो आर्थिक लाभ र सहयोग प्राप्त गरिरहेता पनि अखण्ड–नेपालप्रति आवद्ध नेपाली जनताको शक्तिको सामू भारतीय सैतानहरुको पनि केही चल्ने छैन ।
‘बाबुराम भट्टराई, सिके राहत, अमरेस कुमार सिंह, कृष्ण सिटौलाहरुको पार्टी फरक भएता पनि नेपाललाई अशान्त बनाएर टक्रयाउने सोचाई हो । संघीयता भनेको नैं नेपाल टुक्रयाउनको लागि भारतबाट आयातीत षडयन्त्र हो । यस्ता १०।१५ जना दुष्ट र गद्दारहरुका कारण नेपालको भविष्य अन्धकार हुने अवस्था देखिएकाले यिनीहरुलाई हदसम्मको कारवाही गरेर अखण्ड–नेपाल बचाउनु हामी सबैको कर्तव्य हो ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वको हिन्दु अधिराज्य, नेपाल र भारतबीचको सीमा, सीमा-खम्बा, दसगजा क्षेत्रको अतिक्रमण, मानव तस्करी एवं व्यक्ति अपहरण नियन्त्रण गर्न कार्यान्वयन गर्नुपर्छ !
‘नेपालको कालापानी, सुस्ताजस्ता बाँकी क्षेत्रको रेखांकनलाई प्राथमिकताको सूचीमा पार्नुपर्छ। दोस्रो, तयारी १ सय ८२ थान स्टि्रप म्याप (सीमा नक्सा) यथार्थ छन्, छैनन्- जाँचबुझ गर्नुपर्छ। तेस्रो, यी नक्सा र नयाँ नक्सांकनको काम समाप्त भएपछि सीमा प्रोटोकल तयार पार्नुपर्छ।
सीमा नक्सालाई पूरक सामग्रीका रूपमा संलग्न गरी संयुक्त हस्ताक्षरका लागि प्रोटोकल तयार गरिनुपर्छ। चौथो, लोप भएका र गरिएका कतिपय सीमा खम्बा पुनः स्थापना गर्ने तथा मर्मत गर्ने काम हुनुपर्छ। पाँचौं, कतिपय स्थानमा स्पष्ट नभएका दसगजा क्षेत्र छुट्याउनुपर्छ।
नेपाल-भारत सीमा नक्सामा ८ हजार ८ सय ५३ सीमा खम्बा चित्रण गरिएका छन्। तीमध्ये ३ हजार २ सय ७७ खम्बा जमिनमा स्थापना गरिएकै छैनन्।
स्थापना भएका ५ हजार ५ सय ७६ खम्बामध्ये पनि ४ सय ९९ खोलाले बगाएको, २ सय २ जमिनमा लोप गरिएको, १ सय ८९ जीर्ण अवस्थामा रहेको र ६ सय ८४ खम्बा साधारण मर्मतसम्भार गर्नुपर्ने कुरा तथ्यांकले बताउँछ। लोप भएका र बगाएका सीमा खम्बा पुनः स्थापना गर्ने र जीर्ण खम्बा मर्मत गर्ने काम संयुक्त टोलीलाई दिइनुपर्छ।
दुवै सीमावर्ती दसगजा क्षेत्रको अतिक्रमण हटाई सफा राख्ने अधिकार संयुक्त टोलीलाई प्रदान गरिनुपर्छ।
नेपाल र भारतबीचको खुला सीमा अवसर र चुनौतीका रूपमा छ। यद्यपि चुनौतीको मात्रा धेरै छन्।
यिनै चुनौतीलाई सम्बोधन गर्न सीमामा हुने अतिवादी समूहको गतिविधिलाई निगरानी राख्ने, अन्तरसीमा अपराध तथा विध्वंसात्मक क्रियाकलापलाई नियन्त्रण गर्ने, जाली भारतीय नोट सीमापार हुनमा रोक्ने, लागूपदार्थ तथा मानव तस्करी एवं व्यक्ति अपहरण गर्न नदिने कार्यान्वयन गर्ने संयन्त्रलाई चुस्त बनाइनुपर्छ।’
नेपालको एकीकरण पछि पृथ्वीनारायण शाह लगायत अनेकौं जात जातिहरुको संयुक्त सहभागिताबाट यसक्षेत्रका थुप्रै हिन्दु राज्यहरुलाई एकीकरण गरेर बनेको नेपाल हिन्दु अधिराज्य हो ।
भने, नेपालमा राजसंस्था तथा हिन्दु अधिराज्यलाई यथावत कायम गर्ने कार्यमा केन्द्रीत भएर देशलाई निकास दिनसक्नु पर्छ । त्यही नैं निकाशको बिन्दु हो ।
-दीर्घराज प्रसाई






