Home / Nepal / News / न्युयोर्कमा ७५ हजार कोरोना संक्रमितमध्ये १२ सय प्रहरी

न्युयोर्कमा ७५ हजार कोरोना संक्रमितमध्ये १२ सय प्रहरी

न्युयोर्क । संयुक्त राज्य अमेरिकाको सबैभन्दा बढी कोरोना प्रभावित राज्य न्युयोर्कमा आजसम्म कोरोना संक्रमितको संख्या ७५ हजार पुगेको छ ।

न्युयोर्कका गर्भनर एन्ड्रियु कोमोले राज्यभर कोरोना संक्रमितको संख्या ७५ हजार ७९५ पुगेको जानकारी गराएका छन् ।

जसमध्ये १२ सय न्युयोर्क पुलिस डिपार्टमेन्टका सदस्य रहेको जनाइएको छ । संक्रमितमध्ये १ हजार ४८ जना बर्दीधारी र १४५ जना सादा पोसाकका प्रहरी रहेको जनाइएको छ ।

सो डिपार्टमेन्टका ५ हजार ६ सय ७४ सदस्य अर्थात् १५ प्रतिशत जनशक्ति बिरामी रहेको जनाइएको छ ।

न्युयोर्कमा मंगलबारसम्म एक हजार ५५० कोरोना संक्रमितको मृत्यु भएको छ । गर्भरनर कोमोले १० हजार ९२९ संक्रमितलाई अस्पताल भर्ना गरिएको बताएका छन् । – सीएनएन

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *