Home / Nepal / लकडाउन उल्लंघन गर्ने १२१ जना चितवन प्रहरीद्धारा नियन्त्रणमा

लकडाउन उल्लंघन गर्ने १२१ जना चितवन प्रहरीद्धारा नियन्त्रणमा

चितवन । लकडाउन को आठौ दिन नियम उल्लंघन १२१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता एकनारायण कोइरालालले बिहानदेखि सांँझ साढे ७ बजेसम्म विभिन्न सवारी साधन र पैदल यात्रीलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

नियन्त्रणमा पर्नेमा २ वटा कार, ३९ वटा मोटरसाइकल, १९ वटा स्कुटर, १ अटो, ७ साइकल र पैदल यात्री रहेका छन् ।

उनीहरूलाई होल्डमा राखेर अबदेखि उल्लघन नगर्ने सर्तमा साँझ सवा ८ बजे छोडिएको कोइरालालाले बताए ।

तुलनात्मक रूपमा बिहान र बेलुका उल्लंघन गर्ने व्यक्तिहरूको संख्या बढेकाले नियन्त्रणमा रहने व्यक्तिको संख्या पनि बढेको उनको भनाइ छ । सोमबार प्रहरीले ७४ जनालाई होल्डमा राखेर छाडेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *