Home / World News / विश्व भरिमा कोरोनाका कारण ६ लाख २९ हजार भन्दा बढिको मृत्यु

विश्व भरिमा कोरोनाका कारण ६ लाख २९ हजार भन्दा बढिको मृत्यु

काठमाडौं । कोरोना भाइरसका कारण विश्वभरमा ज्यान गुमाउनेको संख्या ६ लाख २९ हजार २ सय ८८ नाघेको छ।

बिहीवार बिहानसम्म कोरोना भाइरसका कारण विश्वभरमा ६ लाख २९ हजार २८८ जनाको ज्यान गएको हो ।

सबैभन्दा धेरै अमेरिकामा १ लाख ४६ हजार १ सय ३६ जनाको ज्यान गएको छ भने ब्राजिलमा ८२ हजार ८ सय ९० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

हालसम्म विश्व भरिमा संक्रमितको संख्या १ करोड ५३ लाख ६३ हजार ९ सय ७१ मा कोरोना संक्रमण देखिसकेको छ ।

यसमध्ये ९३ लाख ४० हजार ९ सय २७ जना निको भएर घर फर्किसकेका छन् ।

नेपालमा १८ हजार ९४ जना संक्रमीत मध्धे ४२ जनाले ज्यान गुमाएका छ्न भने १२ हजार ६ सय ८४ जना घर फर्किएका र बाकिको उपचार भइरहेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *